म्याग्दीको सुन्तला काठमाण्डौमा  निर्यात

म्याग्दीको सुन्तला काठमाण्डौमा  निर्यात

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

म्याग्दी, १९ मङ्सिर ।

म्याग्दीको बेनी नगरपालिका–१३ बास्कुनाका किसानले उत्पादन गरेको सुन्तला काठमाडाँै निर्यात गर्न थालिएको छ । काठमाडाँैको कालीमाटीस्थित मण्डीमा गाउँभरी उत्पादन भएको सुन्तला निर्यात गर्न सुरु गरिएको हो ।

अन्नबालीको विकल्पमा व्यावसायिक सुन्तलाखेती विस्तार गरेका बास्कुनाका कृषकले उत्पादन गरेको सुन्तलाको स्थानीयस्तरमा बजारको अभाब भएपछि ट्रकमार्फत ढुवानी गरी निर्यात गरिएको स्थानीय कृषक भिमबहादुर गुरुङले जानकारी दिनुभयो ।

बास्कुनाका तिलक गुरुङ, भिम गुरुङ, मनबहादुर केसी, नरबहादुर हुमेन, लालबहादुर केसी, भिमबहादुर केसीलगायतका १७ जना कृषकले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको सुन्तलामध्ये अहिलेसम्म तीन ट्रक निर्यात भइसकेको र अझै चार ट्रक सुन्तला काठमाडाँैस्थित मण्डीमै निर्यात गर्ने तयारी भइरहेको कृषक गुरुङले बताउनुभयो ।

कृषकले उत्पादन गरेको सुन्तला चार ग्रेड बनाएर प्रतिकिलो रु ४८ देखि ५९ मा बिक्री भएको छ । गत वर्ष रु १५ लाख बढीको सुन्तला निर्यात भएकोमा यो वर्ष उत्पादन र बजार मुल्य घटेको कारण सुन्तला निर्यातबाट बास्कुनाका कृषकले रु १२ लाख मात्रै आम्दानी हुने अनुमान गरेका छन् ।

बास्कुनामा अहिले सात हजार ५०० वटा सुन्तलाका बोट विस्तार गरिएको छ । सडक सुविधा भएपछि स्थानीयवासीले पछिल्लो सात वर्षयता खेतबारीमा धान खेती छाडेर धमाधम सुन्तलाखेती विस्तार गरेका छन् ।

बास्कुनाका युवा कृषक नरबहादुर हुमेनले आपूmले ब्यावसायिक सुन्तला बिक्रीबाट यो वर्ष रु दुई लाख आम्दानी गरेको बताउनुभयो । जिल्लामा ५५६ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार भएकामा २६५ हेक्टर क्षेत्रफलको सुन्तलाले उत्पादन दिने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी