धान उत्पादन घट्यो

धान उत्पादन घट्यो

  • शनिबार, मंसिर १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दाङ, १९ मङ्सिर ।

यसवर्ष गत वर्षको तुलनामा दाङमा सात हजार ३३४ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।

जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार वर्षा ढिला सुरु हुनु, उपयुक्त समयमा रासायनिक मल उपलब्ध नहुनुलगायतका कारणले धान उत्पादनमा कमी आएको हो ।

कार्यालयका अनुसार योजना अधिकृत तिलक केसीका अनुसार गतवर्ष दाङमा एक लाख ५६ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो, भने यसवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको छ । दाङमा धान खेतीका लागि ३८ हजार ४३० हेक्टर जमिन भए पनि यसवर्ष ३६ हजार पाँच सय हेक्टर जमिनमा मात्रै धान खेती भएको कार्यालयले जनाएको छ ।

कार्यालयका योजना अधिकृत केसीले घडेरीका लागि प्लटिङ गर्ने प्रवृत्ति बढ्नु, युवापुस्ताको कृषिप्रतिको आकर्षण घट्नु, काम गर्ने शक्ति विदेश पलायन हुनुलगायतका कारणले पनि दाङमा बाझो जग्गा बढ्दै गएको बताउनुभयो ।

दाङमा विन्देश्वरी, राधा सात, मन्सुसी, तथा अन्य हाइब्रेट जातका धान किसानले लगाउने गरेका छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी