व्यावसायिक पशुपालनमा महिला

व्यावसायिक पशुपालनमा महिला

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ,१८ मंसिर ।

सधैँ हँसिलो मुद्रामा देखिने “गैरे गाईफार्म”का सञ्चालक विष्णुदेवी गैरे यतिबेला समाजमा सबैको उदाहरणीय र साहसी महिलाका रुपम चिनिनुहुन्छ ।

महिला हुन्, केही गर्न सक्दैनन्, सधँै अर्काको परनिर्भर बन्नुपर्छ भन्ने पुरानो मान्यतालाई तोडी उहाँले व्यावसायिक रुपमा गाईफार्म सञ्चालन गर्नुभएको छ ।

समाजमा केही गर्न सक्दैनन् भन्ने मान्यतालाई चुनाँैती दिँदै उहाँले साहस र आँट गरेर व्यवसाय थाल्नुभयो । अहिले त्यसमा पाएको सफलताले गैरे निकै हर्षित् हुनुहुन्छ । दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा सापटी नदिनेका अगाडि मेहनत गरियो भने सफलता पाइन्छ भनेझै गाईपालन व्यवसायले उहाँलाई राम्रो साथ दिएको छ ।

गैरेको व्यवसाय देख्ने सबैले खुलेरै उहाँको प्रशंसा गर्न थालेका छन् । काममा सधँै रुचि जगाउने र मेहनत गर्ने कृषक गैरेले विगत तीन वर्षयता व्यावसायिक गाईफार्म सञ्चालन गर्नुभएको छ । दूध बेच्ने र गाईको स्याहारा सुसार गर्दै उहाँको दिन बित्ने गरेको छ ।

“व्यवसाय फस्टाउँदै गएकामा सन्तुष्ट छु,” उहाँले भन्नुभयो । आम्दानी गर्ने बाटो नभएपछि सुरुमा तरकारी पसल राखेको गैरेको भनाइ छ । “त्यही कमाई गाईपालनमा खर्च गरेर व्यवसाय थालनी गरेकी हुँ” उहाँले भन्नुभयो ।

जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक पशुपालक कृषकलाई अनुदानमा आर्थिक रकम सहयोग गरेपछि झन् व्यवसायमा हौँसला बढेको गैरेले बताउनुभयो । यही व्यवसायबाट नै दुई छोरा, श्रीमान् र सासुसहित पाँच जनाको परिवार अहिले सुःखसँग पालिएको उहाँको भनाइ छ ।

चारवर्ष पहिले नवलपरासीबाट रु ८० हजार पर्ने होलस्टिन र जर्सी जातको गाई ल्याई दूध बेच्न थाल्नुभएकी गैरेले राम्रो कमाई हुन थालेपछि फार्म नै सञ्चालन गर्नुभयो । सुरुमा दुईवटा गाईबाट सुरु गरेको व्यवसाय अहिले फैलिएर गाईको सङ्ख्या सात पुगेको छ । “चारवटा दुहुना गाईबाट दैनिक २५ लिटर दूध उत्पादन हुन्छ” उहाँले भन्नुभयो ।

उहाँले दूध बिक्री गरी मासिक रु ५० हजार आम्दानी गर्नुहुन्छ । पशुसेवा कार्यालयको रु एक लाख अनुदान रकमसहित रु सात लाखको लागतमा व्यवसाय थालनी गरेको गैरे बताउनुहुन्छ । “दूधको कमाईले घर व्यवहार चलाउन तथा दुई छोरालाई क्याम्पस पढाउन सजिलो भएको छ” उहाँले भन्नुभयो ।

“गोठको क्षेत्रफल बढाएर ५०÷६० वटासम्म गाई पाल्ने लक्ष्य छ” गैरैले भन्नुभयो । उहाँको गोठमा पाँच होलस्टिन र दुई जर्सी जातका गाई रहेका छन् । श्रीमान्को कमाईले घर घरव्यवहार चलाउने, श्रीमतीले कमाएको रकम कोसेली राख्ने चलन हाम्रो समाजमा विद्यमान छ । तर मेहनती गैरेले आफूले नै व्यवसाय चलाएर परिवारलाई खुसी पार्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी