नेपाल पशुपंछी औषधि ब्यवसायि संघमा बराल

नेपाल पशुपंछी औषधि ब्यवसायि संघमा बराल

  • मङ्लबार, मंसिर १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बिर्तामोड । नेपाल पशुपंछी औषधि ब्यवसायि संघको मेची अञ्चल शाखामा पुन ः कमल बराल अध्यक्षमा निर्वाचित भएका छन् । ब्यवसायी संघको पाँचौ अञ्चल अधिबेशनबाट बराल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनले आगामी दूइ बर्षका लागी १६ सदस्य नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनमा नेपाल पसुपंछि ब्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रजापती बास्तोलाले औसधी क्षेत्र आयतमुखि भएकाले नाकाबन्दीका कारण लाखौँ किसानका पसुपन्छीले उपचार नपाइ मर्न थालेको बताए । उनका अनुसार प्रत्येक बर्ष ३ सय ५० करोड बढीको पसुपंछीको औसधी आयत हुने गरेको छ । ब्यवसायीहरुले सरकारले औसधी ब्यवसायीलाइ पसल दर्ता प्रकृया झनजटिलो बनाएको बताउदै तुरुन्त सुधार गर्न माग गरेका छन् । मान्छेले खाने औसधि र पसुलाइ उपचार गर्ने औसधीको जाच गर्ने निकाय नेपाल औसधि ब्यस्था बिभाग मात्र भएकाले तत्काल छुट्टा–छुट्टै बिभाग बनाउन माग गरेका छन् । ब्यवसायी संघको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सुयोग खरेल र बिष्णु भट्टराइ, सचिवमा असोक सुवेदी, सह–सचिवमा ,बिबेक निरौला, कोषाध्यक्षमा सुवास गड्तौला, सह–कोषाध्यक्षमा स्याम बहादुर निरौला चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा मोमुनन्द दुलाल, प्रसाद गुरगाइ, घनस्याम निरौला, महेस मेचे, दिनेस खनाल, मदन कुमार खड्का, पुन्य भट्टराइ र बिश्वबन्दु बुडाथोकी निर्वाचित भएका छन् ।
अधिवेशनमा केन्द्रिय महाँसचिव चित्र गुरुङ, केन्द्रीय सदस्य कुमार भण्डारी, ब्यवसायी हेमराज बडाल, कुमार निरौला, बिष्णु भट्टराइ, रमण लुइटेल, असोक सुवेदी, लगायतले ब्यवसायी हितको बारेमा बोलेका थिए । कार्यक्रममा असल ब्यवसायीका रुपमा बिनोद भण्डारीलाइ सम्मान गरिएको थियो । अधिवेशनले यही पुस २४ र २५ गते हुने केन्द्रय महाधिवेशनका लागी केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको थियो । कार्यक्रम कमल बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच गमला कृषक महिला समुह बिर्तामोडले मंगलबार एकसय दशवटा गमला बिर्ताबजार महिला प्रहरी चौकीलाई बितरण गरेको छ ।
बढ्दो जनसंख्याका कारण शहरी क्षेत्रमा जमिनको अभाब भई रासानिकयुक्त शब्जीको बढी प्रयोग हुने र त्यसले मानब शरिरमा असर पर्ने भएकाले आर्गेनिक मलबाटै गमलामा समेत शब्जी उत्पादन गरी शरिर स्वास्थ्य राख्न सकिने उदेश्यका साथ गमला बितरण गरिएको हो ।
गमला कृषक महिला समुहकी अध्यक्ष मन्जु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रबिन्द्रप्रसाद वस्ती रहेका थिए । प्रमुख अतिथि वस्तीले घरबाट निस्कने फोहोरबाट समेत आर्गेनिक मल बन्ने र त्यसबाट गमलामै पनि शब्जी उत्पादन गर्न सकिने बताए । उनले त्यसरी उत्पादन सागशब्जीबाट मानव स्वास्थ्य रहने र घरबाट निस्कने फोहोरको समेत ब्वस्थापन हुने भएकोले गमला कृषक महिला समुहले ल्याएको अभियान स्वागतयोग्य रहेको बताए । कार्यक्रममा एमाओबादीका बिर्तामोडनगर इन्चार्ज अरुण श्रेष्ठ, बिर्तामोड सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष सूर्य कन्दङ्वा, महासचिब केशब पाठक, वडा नागरिक मञ्चकी अध्यक्ष जानुका थापामगर, मदन आचार्य, बासु माझी, बिर्ताबजार महिला प्रहरी चौकीकी इन्चार्ज चन्द्रकुमारी चेम्जोङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पार्वता दाहालले गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी