नाकाबन्दीको विरोधमा बन्यो राजधानीमा मानव साङ्लो (तस्बिर सहित)

नाकाबन्दीको विरोधमा बन्यो राजधानीमा मानव साङ्लो (तस्बिर सहित)

  • शुक्रबार, मंसिर ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, ११ मङ्सिर ।

भारतीय नाकाबन्दीको विरोधमा देश तथा विदेशमा विरोधको चर्को आबाज उठिरहेका वेला हातमा कलम र कापी समाएर हिँड्ने विद्याथीहरू पनि राजधानीमा नै लाखाँैको सङख्यामा जम्मा भई सडकमा उत्रिए ।

शुक्रबार भारतीय नाकाबन्दीले मुलुक अस्तव्यस्त भएपछि त्यसको विरोधमा विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्याथीहरूले राजधानीमा बृहत् मानव साङ्लो बनाई विरोध प्रदर्शन गरे ।

भारतले गरेको नाकाबन्दीले विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै त्यसको विरोधमा उनीहरू सडकमा हातेमालो गर्दै उभिए ।

विभिन्न शैक्षिक संस्थाको पहलमा मावन साङ्लो प्रर्दशन गरेको भए पनि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले पनि यसमा सहभागिता जनाएका छन् ।

आज बिहान साँढे ११ बजेबाट सुरु भएको मानव साङ्लो प्रदर्शनमा हातमा प्लेकार्ड सहित उपस्थित भएका लाखौँ विद्यार्थी तथा सङ्घ संस्थाका प्रतिनिधिले भारतीय नाकाबन्दी विरुद्ध नाराबाजी गरे ।

शैक्षिक संस्थाहरू हिसान, प्याब्सन, एन प्याब्सन, शिक्षक महासङ्घ, संयुक्त विद्यार्थी सङ्घ, अभिभावक सङ्घ लगायतको पहलमा काठमाडौँ उपत्यकाको २७ किलो मिटर चक्रपथ र कुमारी पाटीदेखि माइती घर मण्डलासम्म मानव साङ्लो बन्यो ।

मानव साङ्लोमा सहभागी विद्यार्थीहरूले “ब्याक अफ इन्डिया”, “भारत–देश ठुलो चित्त सानो”, “असल छिमेकीको व्यवहार गर” जस्ता नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी