दशवर्षीय कृषि विकास रणनीतिक योजना

दशवर्षीय कृषि विकास रणनीतिक योजना

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 27.5K
    SHARES

काठमाडौँ, ४ मङ्सिर । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले कृषि विकास रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।

दशवर्षीय कार्ययोजना र मार्गचित्रसहित कृषिको विगत तथा वर्तमानको कामको समीक्षामा आधारित २० वर्षीय रणनीतिक योजना कृषि विकासमन्त्री हरिबोल गजुरेलले ललितपुरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो ।

आर्थिक वृद्धिलाई गति दिने, कृषकको जीवनस्तर माथि उठाउने, खाद्य तथा पोषण सुरक्षामा योगदान दिने खाद्यसम्प्रुभता उन्मुख बनाउने तथा कृषकलाई आत्मनिर्भर, प्रतिस्पर्धी र समावेशी गराउने सो योजनाको दूरदृष्टि रहेको छ ।

सो अवसरमा मन्त्री गजुरेलले कृषिको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगीकरण गर्नुपर्ने, साना किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्नुपर्ने तथा सरकारी तथा नीति क्षेत्रको समवन्वयमा कृषिलाई रोजगारमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।

व्यवस्थापका–संसद्, कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले यो रणनीतिक योजना हाम्रा लागि महत्वपूर्ण आधार भएको बताउँदै कृषि क्षेत्रको दिगो विकास गरी जनतालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री गणेश साहले कृषकलाई अन्नदाताका रुपमा सम्मान नगरेसम्म कृषि विकास नहुने बताउनुभयो ।

एसियाली विकास बैंकका देशीय निर्देशक केनिथी योको यामाले नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि यो रणनीतिक योजनाले कृषि विकासमा ठूलो परिवर्तन ल्याउने विचार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी