हावाबाट चल्ने रिक्सा बन्यो

हावाबाट चल्ने रिक्सा बन्यो

  • सोमवार, कार्तिक ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पथरी (मोरङ), ३० कात्तिक । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् ।

इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् ।

हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचाँै ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् ।
नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो – “डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।”

विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ । मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा सुभास पोखरेलले भन्नुभयो – “राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी