सुगन्धकोकिला बन्यो कृषकका लागि राम्रो आम्दानीको स्रोत

सुगन्धकोकिला बन्यो कृषकका लागि राम्रो आम्दानीको स्रोत

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

दाङ, २९ कात्तिक ।

विश्वमै लोपोन्मुख प्रजाति मालागेडी (सुगन्धकोकिला )खेती दाङको बिजौरी गाविस वडा नं ९ छिल्लीकोटका किसानका लागि भने राम्रो आम्दानीको स्रोत बनेको छ ।

स्थानीयवासी कृषक चन्द्र खड्काका अनुसार अहिले सो खेती त्यहाँ ५० घरपरिवारले व्यावसायिक रुपमा गर्दै आएका छन् ।

एक घरले एक वर्षमा थोरैमा पनि छदेखि आठ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको र त्यसबाट रु ४० देखि ५० हजार आम्दानी लिन सफल भएको खड्काले बताउनु भयो ।

एउटा बिरुवाबाट दुई क्विन्टलभन्दा बढी मालागेडीको गेडा उत्पादन हुने गरेको र प्रतिक्विन्टल रु सात हजार ५०० का दरले बिक्री हुने गरेको पनि खड्काले जानकारी दिनुभयो ।

वर्र्षौंदेखि छिल्लीकोटमा मालागेडीको खेती भए पनि जिल्ला वन कार्यालय दाङले केही वर्षदेखि मालागेडीको व्यावसायिक खेती गर्ने उद्देश्यले निःशुल्क रुपमा बीउ उपलब्ध गराउन सुरु गरेपछि यो व्यवसाय फस्टाउँदै गएको र त्यसबाट राम्रो आम्दानी लिन सफल भएको बताइएको छ ।

मालागेडी खरिद गर्नेका लागि स्थानीय व्यापारी नै त्यहाँ जाने गरेको पुनले बताउनुभयो । उहाँका अनुसार त्यहाँ उत्पादन भएको मालागेडी केही दाङलगायत नेपालका विभिन्न जिल्लामा बीउका लागि किसानले पठाउँछन् भने व्यापारीले भने सोझै नेपाल बाहिर बिक्रीका लागि पठाउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी