जेट बिमानको ईन्जिन धेरै जटिल हुन्छ । यसमा सयौ प्रकारका उपकरणहरु जोडिएका हुन्छन् । कुनै पनि एक उपकरणको गडबडीले बिमान दुर्घटनाग्रस्त हुन सक्छ र यात्रहरु मारिन सक्छन् । ईन्जिनमा कुनै गडबडी आएमा त्यसलाई हटाउन सकिदैन ।
यस्तो स्थितिबाट बच्नका लागि जेट बिमानको ईन्जिनमा सेन्सर लागेको हुन्छ , जसले लगातागर जेटको स्थितिको बारेमा कक पिटमा जानकारी दिईरहेको हुन्छ ।
यो जानकारी कुनै पनि समस्या हुनु भन्दा पहिले नै दिएको हुन्छ ।
अक्सफोर्ड युनिभर्सिटीका ईन्जिनियरीङ विभागका विषेशज्ञ तथा डिजिटल हेल्थ एक्सपर्ट लियोनेल तारेन्सका अनुसार जेट ईन्जिनको यो प्रवृधि मानिसको श्वास्थ्य र स्वास्थ्य क्षेत्र राम्रो बनाउने कामको सन्दर्भमा समेत प्रयोग गर्न सकिने छ ।
जसरी जेट विमानको कुनै समस्याको बारेमा पहिले नै सेन्सरे ककपिटमा जानकारी दिन्छ , चिकित्सा विज्ञानमा पनि त्यसरी नै प्रयोग गर्न सकिने तारेन्सको भनाई छ ।
तारेन्सले यस्तो प्रवृधि जनताले अर्को दशक भित्र घरैमा राख्न सक्ने अनुमान गरेका छन् ।
यस्तो सेन्सरले भिडियो क्यामेराको माध्यमबाट तपाईको श्वास्थ्यको ख्याल गरीरहने छ । मुटु, विपि, तापमान जस्ता कुराहरुको बारेमा सेन्सरले अगाडी नै बताउने छ ।