कागती खेतीले फेरियो जीवनस्तर

कागती खेतीले फेरियो जीवनस्तर

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

लहान, २२ कात्तिक ।

व्यवसायिकरुपमा कागती खेतीले सिरहाको सारस्वर गाविस–८ का ४५ वर्षीय रामसेवक महतोको जीवनस्तर फेरिएको छ ।

महतोले आफ्नो दुई कट्ठा जग्गामा लगाएको कागती बेचेर मासिक रु ३० हजार बढी आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै जग्गामा उत्पादन गरेको कागती सिरहा सदरमुकाममा लाग्ने हटिया र छिमेकी गाउँ बेल्हामा लाग्ने हटियामा बिक्री गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

यसबाहेक गाँउगाँउमा लाग्ने हटियामा बिक्री गर्न व्यापारीले समेत आफ्नो घरबाट कागती खरिद गरेर लाने गरेको महतोको भनाइ छ । हटियामा लगेर बिक्री गर्दा प्रतिकागती रु पाँचको दरमा तथा घरबाट रु चारका दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

बिगत छवर्ष अघि रोपेको कागतीको बोट एक वर्षपछि फल्न थालेको बताउँदै महतो भन्नुहुन्छ, “राम्रो बजार व्यवस्थापन र नजिकको बजारमा शीत भण्डार नभएकोले प्रत्येक महिना करिब रु २० हजार बराबरको कागती कुहिने गरेको छ ।”

कागती बाह्रै महिना फल्छ । स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त भएकाले पनि स्थानीयस्तरमा कागतीको माग बढ्दो रहेको महतोको भनाइ छ । उहाँको करेसाबारीमा कागतीको ७० बोट रहेको छ । उहाँले कागती र अन्य तरकारी खेतीले नै परिवार पाल्नुको साथै छोरा छोरीलाई पढाउँदै आउनुभएको छ ।

जिल्ला किृषि विकास कार्यालय सिरहाका योजना अधिकृत योगेन्द्र यादवका अनुसार महतोले कृषि विकास कार्यालयबाट नेपाल, भारत र बङ्गलादेशको समेत भ्रमण गर्न सफल हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी