विश्वमा हाल ७ वटा महासागर रहेका छन् । त्यसपछि फेरी अर्को नया महासागर अफ्रीकामा वन्दै गरेको वैज्ञानिकहरुले दावी गरेका छन् । सन् २००५ मा अफ्रीका महादेशको ईथियोपियामा फाटेको ६० किलो मिटर लामो धजा अझै बढ्दै गईरहेको र त्यो अन्तिममा गएर त्यसले अफ्रीकी महाद्धीपलाई विभाजन गर्ने र नया महासागर वन्ने दावी अनुसन्धानकर्ताहरुको छ । तर यो प्रकृया पुरा हुन भने एक करोड वर्ष सम्म लाग्ने उनीहरुले अनुमान गरेका छन् । अनुसन्धान अनुसार शुरुमा ६० किलोमिटर लामो धजा केबल १० दिनमा ८ मिटर चौडा भएको थियो । धर्तीको भित्री केन्द्रको चट्टान सतहमाथि निरन्तर बढिरहेको र लामो समयपछि यसले धर्तीलाई २ हिस्सामा वदल्ने अनुमान गरिएको छ । यही धर्ती फाटीने ठाउमा आएर जम्ने र समुन्द्र भन्ने भविष्यवाणी गरिएको छ । अफ्रीकाको ब्रिष्टल विश्व विद्यालयका भुकम्प वैज्ञानिक जेम्स हैमण्ड लगायतका वैज्ञानिकहरुले उक्त अनुसन्धान गरेका हुन् । उनका अनुसार त्यस नया समुन्द्रले ईथियोपिया र सोमालियालाई अलग गर्ने मात्र नभई अफ्रीका निकै सानो हुनुका साथै यसै कारणले हिन्द महासागरमा एक ठुलो दीप जन्मने उनीहरुको ठहर छ ।