कात्तिक १९
गगुलले सामसुङको नयाँ स्मार्टफोनमा रहेका ११ वटा सुरक्षा कमजोरी पत्ता लगाएको छ ।
गुगलको प्रोजेक्ट जिरो अन्तर्गतको टिमले सामसुङको ग्यालेक्सी एस सिक्स एजमा रहेका ११ वटा सुरक्षा कमजोरी सार्वजनिक गरेको हो ।
सामसुङले ग्यालेक्सी एस सिक्स एज गएको अप्रिलमा बजारमा ल्याएको थियो । गुगलको प्रोजेक्ट जिरोको टिमले एस सिक्स एजमा रहेको लुपहोलले ह्याकरहरुलाई सहयोग गर्ने सहितका ११ वटा सुरक्षाकमजोरी सार्वजनिक गरेको हो ।
गुगलले समस्या सार्वजनिक गरे लगतै ११ वटा मध्ये धेरै समस्या सामसुङले तत्काल समाधान गरेको र केही अझै समाधान गर्न बाँकी रहेको जनाएको छ । तीन वटा समस्या अझै समाधान गर्न बाँकी रहेको र त्यो समस्या एक महिनाभित्र समाधान हुने कम्पनीले जनाएको छ ।
आफ्ना ग्राहकको विश्वासलाई कायम राख्नु आफ्नो पहिलो प्राथमिकता भएको र त्यसका लागि सँधै प्रयसरत रहेको सामसुङले जनाएको छ ।
सामसुङको इमेल सफ्टवेयरमा सुरक्षा कमजोरी रहेको गुगलको प्रोजेक्ट जिरो टिमले जनाएको छ । ह्याकरहरुले मोबाइल प्रयोगकर्तालाई उनीहरुकै म्यासेज पठाउन सक्ने खालको रहेको गुगल टिमले जनाएको छ ।
यस्तै सामसुङको फोटो भ्युइङ एपको सेटिङमा पनि समस्या रहेको गुगलले जनाएको छ । यस्तै वाइफाइ सिस्टममा पनि समस्या रहेको गुगलले जनाएको छ ।
सामसुङले भने केही समस्या मात्रै सम्बोधन हुन बाँकी रहेको र त्यसलाई पनि यो महिनाको अन्त्यसम्ममा समाधान गर्ने जनाएको छ । सामसुङले सफ्टवेयर तथा एपहरु बेला बेलामा अपडेट गर्न आफ्ना ग्राहकसँग आग्रह पनि गरेको छ ।

