मोहनप्रसाद भन्छन् : मेरो छोरा खड्ग कसैसँग झुक्दैन

मोहनप्रसाद भन्छन् : मेरो छोरा खड्ग कसैसँग झुक्दैन

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ,२५ असोज । 

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो ।

आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुगेका उनको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो ।

१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठ्याक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने लाग्योु, उनले भने, अब छोराले चिताएको पुग्छ र देशमा गरिब जनताले न्याय पाउँछन् ।

नभन्दै संसद् भवनमा भएको निर्वाचनमा ओली प्रधानमन्त्रीमा विजयी भएपछि संसद् भवनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका ओलीका पिता झापास्थित घरबाट बालकोट आइपुगेलगत्तै टिभी हेर्न थाले । संसद्मा चुनाव भइरहँदा पनि उनलाई छोरा प्रधानमन्त्रीमा जित्ने पूर्ण विश्वास थियो ।

म वैशाखमा यहाँ आउँदा पनि मैले भनेको थिएँ, अब चिताएको पुग्छु, उनी भन्छन्, आज ऊ प्रधानमन्त्री भएको छ, अब देशलाई राम्रो हुन्छ, देशका गरिब जनतालाई राम्रो हुन्छ ।

गाउँमा सानैदेखि प्रधानमन्त्री ओली ठूलाले सानालाई हप्काए गाली गर्ने, धनीले गरिबलाई निचोरे धनीमाथि नै जाइलाग्ने गरेकाले धनी मान्छेले धेरै नै रिस गरेको उनी बताउँछन्

उसको सानैदेखि नराम्रो बानी थिएन, ऊ चार वर्षको उमेरमा आमाले हजुरआमाको काखमा छाडेर गएदेखि नै हजुरआमाको प्यारो भएको थियोु, प्रधानमन्त्रीका पिता मदनप्रसादले भने, कतै गएर आउँदा हजुरआमाको खुट्टामा टाउको राखेपछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो ।

सुरुमा ओलीले राजनीति गरेको उनलाई पटक्कै मन पर्दैनथ्यो । सुरुमा राजनीति नगर् भनियो, ठूला धनी मान्छेलाई हेपेपछि समस्या पर्छ भन्थे, त्यसपछि यिनैले त खाए, धनीले गरिबलाई मार्छन् भन्थ्योु, उनले सुनाए, तर देश विदेशमा समेत चिनिने भएर निस्किएपछि अब राजनीतिमै अगाडि बढ्नुपर्छ, अब राजनीति चाहिँ छाड्ने होइन भन्ने मलाई लागेर छोराको राजनीतिमा कुनै दख्खल दिइनँ ।

प्रधानमन्त्री ओलीको बानी सानैदेखि कसैसँग नझुक्ने, अन्यायको विरुद्ध आवाज उठाइहाल्ने, गरिबमाथि हुने थिचोमिचोका विरुद्धमा कराइहाल्ने गरेकाले धेरै धनी मानिसले उनलाई मन पराउँदैनथे ।

उसमा सानैदेखि अजिर, कसैसँग नडराउने, कसैसँग नझुक्ने, अन्यायको विरुद्ध कराइहाल्ने बानी थियोु, प्रधानमन्त्री ओलीका पिता मदनप्रसादले भने, आजसम्म पनि उस्तै छ बानी ।

छोरा प्रधानमन्त्री भएपछि अब देशको विकास हुने तथा धनी र गरिबबीचको खाडल पुरिनेमा विश्वस्त छन् । उनलाई पनि गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ भन्ने लागेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी