२०६४ सालवाट सहज रुपमा टेलिफोन सेवा सुचारु भएको अछाम जिल्लामा हाल आएर मोवाईल प्रयोगकर्ता ४५ हजार ९ सय १९ पुगेको छ । जिल्ला दुरसञ्चार कार्यालय अछामका अनुसार हालसम्म पाँच सय ८० सेवाग्राहिले ल्याँण्डलाईन सेवा प्रयोग गरिरहेका छन ।
केही वर्ष अघी एक कल फोन गर्न घन्टौ लाईनमा वस्नुपर्ने अछामीको बाध्यता हाल आएर सहज भएको छ । जिल्लामा प्रायजसो मानिसहरुले मोवाईल वोक्ने गरेको बताईएको छ ।
जिल्लामा पहिले देखी नै ल्याण्डलाईन टेलिफोन सेवा उपलव्ध भए पनी २०६४ साल यता टेलिफोन सेवा सहज रुपमा उपलव्ध भएको दुरसंचार कार्यालय अछामका निमित्त प्रमुख चुडामणी देवकोटाले जानकारी दिए ।
जिल्लामा अन्य टेलिफोन कम्पनीहरु एनसेल, स्मार्टसेल, र युटिएलले पनी सेवा दिईरहेको र ति कम्पनिका सेवाग्राहीलाई जोड्ने हो भने मोवाईल प्रयोगदरमा ब्यापकता आएको बुझ्न सकिन्छ ।
जिल्लाका ग्रामिण भेगका प्रायजसो मानीसहरु यी कम्पनीका मोवाईल प्रयोग गरीरहेका छन तर तिनिहरुको एकिन तथ्यांक आँउन सकेको छैन ।
जिल्लामा दुरसंचार कार्यालयवाट वितरण गरिएका टेलिफोन सेवा र ब्म्क्ी सेवा वाट मासिक ४ लाख रुपयाँ आम्दनी हुने गरेको दुरसञ्चार कार्यालय अछामले जनाएको छ ।