काँकडभिट्टाबाट छ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो

काँकडभिट्टाबाट छ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ,१९ असोज ।

पूर्वी नाका काँकडभिट्टाबाट ६ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

भारतीय आयल निगमको ‘सिलिगुडी टर्मिनल डिपो’बाट तेल भरेर आएका ६ ट्यांकर गएराति नेपाल भित्रिएको हुन् । भित्रिएका गाडीहरु तीन वटा डिजेलवाहक, दुई वटा पेट्रोलवाहक र एउटा हवाइ इन्धनबाहक छन् ।

ती मध्ये एउटा पेट्रोलको गाडी र एउटा डिजेलको गाडी पाँचथर र ताप्लेजुङ पठाइएको मेची पेट्र«ोलियम व्यवसायी संघका अध्यक्ष लय भण्डारीले बताउनुभयो । आज ११ बजेसम्ममा सिलगुडी डिपोमा २० ट्याङकर तेल लोड भइकेको र बाँकी १७ ट्याङकर पनि लोडको तयारीमा रहेको उहाँले बताउनुभयो ।

आज र भोलिसम्ममा सबै तेलका ट्याङ्कर नेपाल आइसक्ने उहाँको भनाइ छ । भोलिदेखि झापामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भण्डारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी