काठमाडौ, १९ असोज ।
नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले प्रमुख दलबिच भएको १६ बुँदे सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपमहासचिब पौडेलले यस्तो दाबी गर्नुभएको हो ।
पहिले भएको सहमति अनुसार संविधान जारी भईसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, काग्रेसका सभापति एवम बर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ति बाँडफाँडमा सहमति भैसकेकोले त्यसमा तलमाथि गर्नै नहुने बताउनु भयो ।
पौडेलले सबै मुख्य पदमा फोरम लोकतान्त्रिक सहित चार राजनीतिक पार्टीहरुवीच सहमति भैसकेकोले ओलीको नेतृत्वमा काँग्रेस सहितको सहमतिको सरकार असोज २४ गते बन्ने दावी गर्दै संविधान कार्यान्वयन गर्न र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो ।