तीन दलिय बार्ता समिती र मोर्चाबिच भएको औपचारीक बार्ता निष्कर्ष विहिन

तीन दलिय बार्ता समिती र मोर्चाबिच भएको औपचारीक बार्ता निष्कर्ष विहिन

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,१९ असोज ।

तिन दलीय बार्ता टोली र आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पहिलो पटक भएको औपचारिक वार्ता निष्कर्ष बिहिन भएको छ ।

सिंहदरबास्थित राज्य ब्यबस्था समितीको हलमा बिहान करीब ३ घण्टा चलेको बार्तामा तीन दलले गठन गरेको ३ सदस्यिय समिति र मोर्चाको ४ सदस्यिय टोलीबीच सहमती नहुदा वार्ता निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

मोर्चाको वार्ता टोलीका सदस्य सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुले राखेको माग पुरा गर्ने प्रतिवद्धता नआएसम्म राजनीतिक एजेण्डामा प्रवेश गर्न नसकिने बताउनुभयो । माग पुरा नभएसम्म नाकामा अवरोध गर्ने कार्यक्रम पनि नरोकिने उहाको भनाई छ ।

वार्तामा तीन दलिय समितिका तर्फबाट कंग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एकिकृत माओबादीका नारायणकाजी श्रेष्ठ तथा मोर्चाका तर्फबाट सदभावनाका लक्ष्मणलाल कर्ण, तराइ मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, समाजवादी फोरमका लालवावु राउत र तराइ मधेस सदभावना पार्टीका रामनरेश यादव सहभागी हुनुभएको थियो ।

भोली मार्चासंग पुनह बार्ता हुने टोली सदस्य तथा एमाओबादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । तीन दलले संघिय आयोगमार्फत पछि मिलाउने गरी सिमाङकनको विवाद थाति राखेर अघि बढन प्रस्ताव गरेका छन । मोर्चाले भने आफ्नो मुख्य माग नै त्यहि भएको भन्दै तराइ मधेस क्षेत्रमा दुइवटा प्रदेश बनाउनुपर्ने बिषयलाइ वटमलाइन बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी