काठमाडौ १९ असोज ।
एकिकृत नेकपा माओवादीको पदाधिकारी बैठक आज बस्दैछ । अपरान्न ३ बजे पछि बस्ने बैठकले हालै मात्र पार्टी छाड्नु भएका नेता डा बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ ।
लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा हिजो बसेको बैठकले धारणा सार्वजनिक गर्ने निणर्य गरेको थियो । नेता भट्टराईले पार्टीका विरुद्धमा दिएको धारणा बुझ्ने र आज पार्टीका तर्फबाट आधिकारिक धारणा तय गर्ने सचिव बर्षमान पुन अनन्तले जानकारी दिनुभयो ।
बैठकमा संविधान निर्माणको अगुवाई गरेका प्रमुख तीन राजनीतिक दलसहितको राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline