कृषि विकासमा सञ्चारको भूमिकाबारे अन्तक्र्रिया

कृषि विकासमा सञ्चारको भूमिकाबारे अन्तक्र्रिया

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

भद्रपुर, असोज १८  ।
जिल्ला कृषि विकास कार्यालय झापाद्वारा आयोजित ‘कृषि विकासमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ ।
कृषि पेसालाई मर्या्दित बनाउन, कृषि उत्पादन बढाई राष्ट्रलाई समृद्ध बनाउन, कृषकको समस्यालाई उजागार गर्न र सरकारको कृषि नीति र कार्यक्रमलाई व्यापक प्रचारप्रसार गर्न सञ्चारकर्मीहरुको भूमिका बारेमा अवगत गराउनु कार्यक्रमको उद्देश्य रहेको छ ।
एक दिने सो कार्यक्रममा लगभग ३४ जना सञ्चारकर्मीको सहभागिता रहेको यस कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपसभापति तारामणि सापकोटा र प्राविधिक शालिकराम भट्टराईले कृषिलाई उन्नयन बनाउन आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बाली संरक्षण अधिकृत राजेन्द्र खरेल, नेपाल पत्रकार महासङ्घ, झापा शाखाका सभापति भीम नेम्वाङ, नेपाल प्रेस युनियन झापाका सभापति कृष्ण हुमागाईंलगायतले कृषि र सञ्चारक्षेत्रको सम्बन्धबारे चर्चा गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी