काठमाण्डौ,१८ असोज ।
नेपाल–भारत सिमाना बेलहिया नाकामा तनाव सिर्जना भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । अहिले बेलहिया नाकाको अवस्था तनावग्रस्त छ ।
आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर प्रहरीतर्फ प्रहार गर्दा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित करिब दशजना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर पत्रकार शारदा मल्ल घाइते भएकी छिन् ।
मधेसी मोर्चाका कार्यकर्ता नाराबाजी गर्दै भारततर्फ लागेका छन् भने दुई–तीनजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भारतीय भूमिबाट ढुङ्गा प्रहार गरिरहेका छन् । केही दिनयता अवरोध हटेको बेलहिया नाकामा आइतबारदेखि मोर्चाले फेरि अवरोध सिर्जना गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline