काठमाडौँ, १८ असोज ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २० गते बस्ने भएको छ । बिहान साढे ८ बजे बैठक प्रधानमन्त्री निवास बालुवाटारमामा बोलाइएको छ ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, पार्टीको १३आँै महाधिवेशन, नयाँ सरकारको गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline