नयाँ सरकार गठनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

नयाँ सरकार गठनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

  • सोमवार, अशोज १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ, १८ असोज । 

सहमतीय सरकार गठनका विषयमा छलफल गर्न आज संसदमा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री कोइरालाले सहमतीय सरकार गठनका विषयमा छलफल गर्न बालुवाटारमा बिहान १० बजे सर्वदलीय बैठक बोलाउनु भएकोे प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

उहाका अनुसार सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत नेकपा माओबादीको बैठक बस्ने सम्भावना रहेको बताइएको छ ।

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्नगरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत शुक्रबार आह्वान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी