कालो सूनका नामले परिचित अलैंचीको मुल्यमा देखिएको पछिल्लो गिरावटले ताप्लेजुङ सहित पुर्वि पहाडी जिल्लाका किसान चिन्तित वनेका छन् ।
पछिल्ला दिनहरुमा एक्कासी अलैचीको मुल्यमा भारी गिरावट आए पछि राम्रै आमदानीको पर्खाईमा वसेका किसान र किनवेच गर्ने व्यापारी चिन्तामा परेका हुन् ।
गत वैसाखमा आएको विनासकारी भुकम्प पछि क्रमस अलैचीको मुल्यमा गिरावट आईरहेको छ । वैसाखको पहिलो साता झापाको विर्तामोडमा प्रतिमन १ लाख १२ हजार वढि मुल्यमा कारोवार भएको अलैचीको भाउ अहिले आएर ८० हजारमा झरेको अलैचीको कारोवार गर्दै आएका ताप्लेजुङ फुङ्लीङका व्यापारी तेज भटराई वताउछन् । ताप्लेजुङमा अहिले प्रतिमन ७८ हजारमा कारोवार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline