पैतीस हजार एक सय ८० हेक्टर वन समुदायद्वारा संरक्षित

पैतीस हजार एक सय ८० हेक्टर वन समुदायद्वारा संरक्षित

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १२ असोज ।

जिल्ला वन कार्यालय पाल्पाले ३५ हजार १८० हेक्टर वन क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगिताको जिम्मा स्थानीयलाई सुम्पेको छ ।

वन स्थानीयलाई सुम्पेपछि नांगा डाँडा तथा भिरपाखा अहिले हरियाली छाएको छ । समुदायको अगुवाइमा वन संरक्षण हुन थालेपछि वन फँडानी रोकिएको हो ।

पाल्पा जिल्लाको कुल एक लाख ३६ हजार ५५९ हेक्टर क्षेत्रफल मध्ये ७१ हजार हेक्टर क्षेत्र वनले ओगटेको छ । ३५ हजार १८० हेक्टर वन क्षेत्र समुदायको अगुवाइ संरक्षित अवस्थामा रहेको छ ।

जिल्लाका ६८५ वटा वन उपभोक्ता समूहलाई कार्ययोजनाअनुसार वन क्षेत्रको संरक्षण, व्यवस्थापन र उपयोगिताका लागि वन क्षेत्र हस्तान्तरण गरिएको हो । चार सय ४२ हेक्टर वन क्षेत्र कबुलियती वन समूहलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालयको दाबी छ ।

जिल्लाका सञ्चालित सामुदायिक वन, कवुलियती वन, जडीबुटी विकास, राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय वन विकास तथा व्यवस्थापन, निजी वन व्यवस्थापन कार्यक्रमबाट वन्य जैविक विविधताको संरक्षणमा ठूलो सहयोग मिलेको जिल्ला वन अधिकृत प्रकाश लम्सालले बताउनुभयो ।

समुदायमा आधारित वन संरक्षण तथा व्यवस्थापन विगत एक दशकदेखि नै पाल्पामा सञ्चालनमा आएको थियो । जसका कारण पाल्पा जिल्लाका जैविक विविधताको संरक्षण हुन थालेको पाइन्छ ।

जिल्लामा ४० हजारभन्दा बढी परिवारले वनको सहभागितामूलक संरक्षण तथा उपभोग कार्यक्रमबाट प्रत्यक्ष फाइदा लिएका छन् । जिल्लाका अधिकांश भागमा कबुलियती वनमार्फत तेजपात र अम्रिसो रोपण गरी उनीहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

पछिल्ला वर्षमा निजी वनमा समेत तेजपात र अम्रिसो रोपण अभियानले प्राथमिकता पाएको छ । तेजपात र अम्रिसोबाट जिल्ला बाहिर निर्यात हुने गरेपछि किसानले लाखौँ आम्दानी गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी