गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

गोठ सुधार कार्यक्रमपछि दुग्ध उत्पादनमा सुधार

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ २ असोज ।  

पूर्वको पाँचथरमा गोठ सुधार कार्यक्रम सम्पन्न भए यता दुग्ध उत्पादनमा सुधार आएको छ ।

व्यावसायिक पशुपालक कृषकलाई लक्षित गरी गत आर्थिक वर्षमा जिल्लाका रवि, सुभाङ, फाक्तेप, अमरपुर, नाङगी लगायत १६ वटा पशु गोठमा सुधार कार्यक्रम सम्पन्न भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत मोगलप्रसाद शाहले जानकारी दिनुभयो ।

प्रत्येक गोठ सुधार कार्यक्रममा कार्यालयले रु २५ हजार अनुदान उपलब्ध गराएको थियो । उहाँका अनुसार दुग्ध उत्पादन गोठ सञ्चालनमा सहजता भएको र कृषकको आम्दानीमा बढवा आएको छ ।

यस्तै सो कार्यक्रमसँगै कृषकलाई १६ वटै गोठमा घाँस काट्ने मेसिन उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी