म्याग्दीका युवा व्यावसायिक तरकारीखेतीमा

म्याग्दीका युवा व्यावसायिक तरकारीखेतीमा

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बेनी, १ असोज । लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दीमा गएको आव २०७१÷७२ सालदेखि ६० जना युवाले व्यावसायिक तरकारीखेती सुरु गरेका छन् ।

व्यावसायिक रुपमा तरकारीखेती गर्नेमा एक पटक विदेश गएर फर्किएका युवाको बाहुल्यता रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि तथा तरकारी विभाग निर्देशनालयअन्तर्गत जिल्ला कृषि विकास कार्यालयमार्फत उनीहरुले तरकारीखेती गर्न थालेका हुन् ।

युवालक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअनुसार पछिल्लो चरणमा युवालाई छनोट गरी आवश्यक सहयोग सँगसँगै उनीहरु तरकारीखेती गर्न आबद्ध भएका छन् । कृषि विकास कार्यालयको केन्द्रीय कार्यक्रमबाट प्रतिव्यक्ति रु ४० हजार अनुदान उपलब्ध गराई उनीहरुलाई व्यावसायिक तरकारीखेतीमा लगाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

तरकारीखेतीका लागि बेनी नगरपालिकाभित्रबाट ३३ र गाविसबाट २७ जना छनोट गरिएको छ । तीमध्ये वैदेशिक रोजगारबाट फर्किएका १४ जना रहेका छन् भने पुरुष ४६ र महिला १४ रहेको बागवानी विकास अधिकृत वासुदेव पौडेलले बताउनुभयो ।

त्यसैगरी जातजातिअनुसार अन्य जातितर्फ २९, जनजाति २५ र दलित नौ प्रतिशतले तरकारीखेती गरेको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिनुभयो ।

तरकारीखेतीको सम्भावना बोकेको बेनी नगरपालिकासहित जिल्लाको २१ वटा गाविसमा कार्यक्रम लागू गरिएको छ । किसानले प्लास्टिक टनेलभित्र काँक्रो, फर्सी, बोडी, रामतोरिया, बन्दागोभी, काउली, लसुन, प्याज, धनियाँलगायत जातका तरकारीहरु लगाएका छन् ।

बर्सेनि बिदेसिने युवालाई स्वदेशमै रोजगारको सिर्जना गरी आयआर्जनमार्फत उनीहरुको परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले व्यावसायिक तरकारीखेतीको कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तरकारीखेतीमा आबद्ध अधिकांश किसान १८ देखि ५० वर्षभित्रका रहेका छन् ।

जिल्लामा वार्षिक सरदर ११ हजार ५१५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कुल एक हजार दुई हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिएको छ भने त्यसको उत्पादकत्व ११.४९ प्रतिशत रहेको छ ।

जिल्लामा हिउँदको समयमा ४४०, वर्षातमा ३१० र बेमौसमी २५२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी