विज्ञान प्रविधिका क्षेत्रमा लगानी बढाउन माग

विज्ञान प्रविधिका क्षेत्रमा लगानी बढाउन माग

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, १ असोज । मुलुकको औद्योगिक, आर्थिक र सामाजिक विकासका लागि सरकारले विज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ ।

तेस्रो राष्ट्रिय विज्ञान दिवस–२०७२ का अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा विज्ञानको विकासले नै उपयुक्त प्रविधिको विकास र विस्तारलाई सहयोग पु¥याउने हुँदा सो क्षेत्रमा सक्दो लगानी बढाउनुपर्नेमा वक्ताले जोड दिनुभएको हो । ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधि’ भन्ने मूल नाराका साथ आज मुलुकभरि विज्ञान दिवस मनाइएको छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विज्ञानको अनुसन्धानमा लगानी बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगका सदस्य भारतेन्द मिश्रले सरकारले विज्ञान र प्रविधिको महत्व बुझ्नुपर्ने बताउनुभयो ।

त्रिवि विज्ञान सङ्काय प्रमुख चिरिकशोभा ताम्राकारले विज्ञान र प्रविधिमा लगानी कमजोर भएका कारण विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन कठिन भएको गुनासो गर्नुभयो । अमृत क्याम्पसका प्रमुख राजेश महाजुले योजना आयोगलाई बजेट बनाउँदा विज्ञानको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । सोही क्याम्पसका विद्यार्थीद्वय उपेन्द्र शाह र राजन अर्यालले पूर्व तयारीबिना नै सरकारले चारवर्षे स्नातक तह लागू गरेकामा गुनासो गर्दै अध्ययनका लागि पुस्तकको समेत समस्या भएको बताउनुभयो ।

दिवसका अवसरमा विज्ञान र प्रविधिसँग सम्बन्धित प्रदर्शनीको आयोजनासमेत गरिएको छ । विज्ञान मन्त्रालय र अमृत क्याम्पसले संयुक्त रूपमा क्याम्पसको प्राङ्गणमा आयोजना गरेको प्रदर्शनीमा ६० कक्ष राखिएको छ । कार्यक्रममा पाँच विकास क्षेत्रका विज्ञान विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी