सरकारसँग वार्ता गर्ने विषयमा छलफल गर्न थरुहट संयुक्त संघर्ष समितिको बैठक बस्दै

सरकारसँग वार्ता गर्ने विषयमा छलफल गर्न थरुहट संयुक्त संघर्ष समितिको बैठक बस्दै

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ३० भदौ । 

सरकारसँग वार्ता गर्ने विषयमा छलफल गर्न थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गर्दै हिजो अर्को पत्र पठाउनु भएपछि त्यस विषयमा आज छलफल गर्न लागेको थारु संघर्ष समिति संयोजक तथा फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो ।

अपरान्न दुई बजे सिंहदरबारमा बस्ने संघर्ष समिति सचिवालयको बैठकले प्रधानमन्त्रीले पठाएको पत्रको समिक्षाका साथै आफ्ना सात बुँदे मागप्रति सरकारको ठोस जवाफका विषयमा छलफल हुने चौधरीले बताउनु भयो ।

सरकारले आफूहरुको सात बुँदे मागको तत्काल कार्यन्वय गरे आन्दोलनका स्वरुप परिवर्तन गरी संविधान निर्माणमा आफूहरुले मुद्धाको विषयमा वार्ता सुरु गर्ने थारु नेताहरुले बताएका छन् ।

यसैबीच थारु बहुल्यता रहेको क्षेत्रलाईसंरक्षित क्षेत्रका रुपमा सम्बोधन गर्ने गरी मुख्य दलहरुले आन्तरिक तयारी थालेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी