मानव वेच विखन रोक्न नाटक प्रदर्शन

मानव वेच विखन रोक्न नाटक प्रदर्शन

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बिर्तामोड भदौ २४ । विर्ता सामूदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा मानव बेचविखन तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले बिहिवार नाटक प्रदर्शन गरिएको छ ।

देशको वर्तमान राजनीतिक विषयवस्तुमा आधारित नाटक इजलास बिर्ताबजारमा प्रदर्शन गरिएको हो ।

रंगकर्मी माधव कल्पितको लेखन तथा निर्देशन रहेको नाटकमा कलाकारहरु अच्युत दाहाल, सुजना खतिवडा, माया सिटौला, हरिप्रसाद भण्डारी, पुजा खतिवडा, मधु खनाल, सविता रेग्मी, तुलसी मिश्र, गजेन्द्र खतिवडाको अभिनय रहेको थियो ।

कैलालीको टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी, सोही घटनामा मारिएका डेढ वर्षे बालकदेखि लिएर महिला बेचिएका घटना, महिलाले अंग प्रदर्शन गर्दाका असर, संविधान बन्न नसकेको अवस्थालाई नाटकमा चित्रण गरिएको थियो ।

विर्ता सामूदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सूर्यप्रसाद कन्दङवाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रजिअ पौडेलले वर्तमान अवस्थालाई चित्रण गरेर प्रस्तुत गरिएको नाटक मार्मिक भएको भन्दै देशभर यस्ता चेतनामुलक कार्यक्रम लैजानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व सांसद डिल्लि सिटौला, सशत्रका एसपी प्रेम पोख्रेल, जनपथ प्रहरीका एसपी ठाकुर प्रसाद ज्ञावली, गैसस महाँसंघ झापाका अध्यक्ष रुद्र सिटौला, अनारमनी पब्लीक क्याम्सका प्रमुख मोहन शिवाकोटी, अनारमनी उच्च माविका प्राचार्य मोहन ओली, राष्ट्रिय हिन्दु एकता मञ्चका अध्यक्ष इन्द्र ओली, बिर्तामोड नगरपालीकाका मेघराज बास्तोला लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिकका उपाध्यक्ष मदन आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव केशब पाठकले गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथिलाई संस्थाकी कोषाध्यक्ष जानुका थापामगर र सदस्य भिमा सुवेदीले ब्याज बितरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी