२३ भदौ, अछाम
अछाम जिल्लाका ५ गावीसमा गाई, गोरु, भैसी र बाख्राहरुमा खोरेत रोग फैलीएपछी कृषकहरु चिन्तामा परका छन् ।
जिल्लाको मार्कु, पायल, बुढाकोट, जाल्पादेवी र लुंग्रा गावीसमा नमुनाका रुपमा गरीएको परिक्षणका क्रममा सुरुमा ३० देखी ४० पशु चौपायमा खोरेत रोग फैलीएपछी उनीहरु चिन्तामा परेका हुन् ।
यस्तो खवर पाएपछी रोग परीक्षणका लागी पशु सेवा केन्द्र चारैपार्टी बाट स्वास्थ्यकर्मीको टोली पुगी फर्कीएको छ ।
सेवा केन्द्रका प्राबीधीक टिका बहादुर नेपालीका अनुसार खुरमा किरा परेका र मुख वरीपरी भाउ भएकाले पशुहरुले घास खान छोडेको बताउनुभयो ।
उहाले अहीले सामान्य औषधी उपचार गरी आफुहरु फर्कीए बताउनुभयो । खोरेत रोग लागेका गावीसका पशु चौपायहरुलाई एक ठाउबाट अर्को ठाउमा खरीद बिक्री गर्न, चरीचरन पनी एउटै ठाउमा नबनाउन पशु स्वस्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline