इराकमा गरेको दुःख सम्झदै थुक्पा उद्योगमा रमाउँदै अनुत

इराकमा गरेको दुःख सम्झदै थुक्पा उद्योगमा रमाउँदै अनुत

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

सुरुङ्गा (झापा), २३ भदौ । इराकको राजधानी बग्दादमा रहेको बेलायती राजदूतावासमा आठ वर्षसम्म सुरक्षा गार्डका रुपमा काम गरेर फकर्नुभएका गरामनी–९ शैनिकका अनुत सुब्बा यतिबेला इभा थुक्पा उद्योग सञ्चालन गरे बस्नु भएको छ ।

विदेशमा गरिने पौरख नेपालमा गरे यही पनि मनग्य आम्दानी लिन सकिन्छ भनेर उहाँले आफ्नै घरमा थुक्पा उद्योग सञ्चालनमा ल्याउनुभएको छ । भारतीय सेनाको जागिरबाट २०६२ सालमा अवकास पाएपछि २०६३ सालमा उहाँ इराक पुग्नुभयो ।

इराकमा गरेको दुःख सम्झिएर अहिले उहाँले आफैँ घरमा लघु उद्योगअन्तर्गत थुक्पा उद्योग सञ्चालन गर्नुभएको छ । दुई वर्षअघि रु तीन लाखबाट सुरु गर्नुभएको उहाँको थुक्पा उद्योगमा अहिले छ जानले दैनिक रोजगार पाइरहनु भएको छ ।

“मैले यही उद्योगबाट अहिले मासिक झन्डै रु एक लाख ५० हजारसम्म बचत गर्ने गरेको छु” उहाँले भन्नुभयो । रोजगारीको खोजीमा दैनिक धेरै नेपाली विदेसिने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले श्रम र सीप बिना विदेश जानु भनेको ब्रेक फेल भएको सवारी चलाएसरह हुने भन्दै काम सिकेर यही केही व्यवसाय गरे विदेशमा भन्दा राम्रो कमाइ हुने बताउनुभयो ।

उहाँले आफ्नै उद्योगको उदाहरण दिँदै भन्नुभयो– “मलाई पनि यो उद्योगमा थप काम गर्ने मान्छे चाहिएको छ, यहाँका युवा पिठो मुस्न चाहँदैनन् यिनै युवा विदेशमा पुगेर शौचालय सफा गर्छन् त्यहाँ दिने पैसा म यही दिन्छुभन्दा पनि काम गर्ने मान्छे पाइँदैनन् ।”

आफ्नो उद्योगबाट अहिले दैनिक तीन क्विन्टलभन्दा बढी थुक्पा उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । “सुरुमा त उद्योग नचल्लाकी भनेर चिन्ता थियो तर अहिले मागअनुसारको उत्पादन पु¥याउन मुस्किल छ” उहाँले भन्नुभयो ।

झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ आफूले उत्पादन गरेको थुक्पाको मुख्य बजार रहेको बताउँँदै सुब्बाले भन्नुभयो– “थुक्पा उत्पादन खर्च र मजदुरलाई पारिश्रमिक कटाएर दैनिक रु पाँच हजारको हाराहारीमा आफूलाई नाफा हुन्छ ।” इराकमा गरेको दुःख सम्झेर उद्योग खोलेको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी