किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी

किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

खोटाङ, २३ भदौ ।

जिल्लाका एक कृषकले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्नुभएको छ ।

विगत तीन वर्षदेखि किबीको व्यावसायिक नर्सरी सुरु गर्नुभएका दोर्पा चिउरीडाँडा–८ का शुभचन्द्र राईले यस वर्षमात्रै रु साढे पाँच लाख आम्दानी गर्नुभएको हो ।

विभिन्न प्रजातिका किबीको नर्सरी राख्नुभएका राईले प्रति बिरुवा रु ६०० मा बिक्री गर्नुभएको छ । गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी यस वर्ष छ हजार ७०० वटा बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

राईका अनुसार हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिवटा रु ३५०, रेड रु ५०० र गोल्डेन रु ६०० मा बिक्री हुने गरेको छ । उत्पादन गरेका बिरुवा नर्सरीबाटै बिक्री हुने गरेका छन् ।

पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष बाह्र हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईले बताउनुभयो । नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमा समेत निर्यात हुने गरेको छ ।

शुभ कृषि फार्म दर्ता गरेर व्यावसायिक नर्सरी थाल्नुभएका राईले स्थानीय तीन जना युवालाई रोजगारीसमेत दिनुभएको छ । व्यावसायिक नर्सरी थाल्नुभएका उहाँले सदरमुकाम दिक्तेल नजिकपर्ने नेर्पाको तालखर्कस्थित २० रोपनी जग्गामा किबी खेती पनि गर्नुभएको छ ।

थोरै लगानीले धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईले बताउनुभयो । “तीन वर्ष पहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ”, उहाँले भन्नुभयो, “सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु ।”

कानुनमा बिएल तथा समाजशास्त्र र राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले विभिन्न पेसा छाडेर कृषि पेसा अपनाउनुभएको हो । ४५ वर्षीय राईले लामो समयसम्म विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गर्नुभएको थियो ।

फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पातीका साथै विभिन्न प्रजातिका माछासमेत लगाइएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी