सरकारले मिल्क होलिडे सुरुगरेपछि ईलामका किसानहरु मर्कामा

सरकारले मिल्क होलिडे सुरुगरेपछि ईलामका किसानहरु मर्कामा

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

२२ भाद्र २०७२ ईलाम
दुग्ध विकास आयोजना विराटनगरले विभिन्न समस्या देखाउादै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका छन् ।
उत्पादित दुग्ध उत्पादक वस्तुले उचित बजार नपाउादा आयोजनाले घोषितरुपमै भदौ १७ गतेदेखि हप्ताको बिहीबार शुक्रबार र शनिबारका दिन मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका हुन् ।

आयोजानाले दूध किसानलाई पत्राचार नै गरेर होलिडे गर्न थालेको इलामको बिव्ल्यााटे दूध चिस्यान केन्ऽका प्रमुख गोपालबहादुर खड्काले जानकारी दिनुभयो ।

उहााका अनुसार विभिन्न दुग्ध सहकारीमार्फत दैनिकरुपमा चार हजार ५०० लिटर दूध सङ्कलन हुादै आएको थियो तर उत्पादित दूधका परिवारले बजार नपाउादा अहिले केही समयका लागि सातामा तीन दिन होलिडे गर्नुपरेको हो ।

विशेष गरी भूकम्पका कारण यहाा उत्पादित दूधजन्य वस्तुले बजार पाउन छोडेपछि होलिडे गर्नुपरेको उहााले बताउनुभयो । यसअघि लगातारको बन्द, हडतालका कारणसमेत दूध ढुवानीमा समस्या आएको आयोजनाका प्रमुख खड्काको भनाइ छ ।

हाल इलामको बरवोटेस्थित बिव्यााटे चिस्यान केन्ऽ, कोल्बोङको कुटिडााडा, लक्ष्मीपुर, फिक्कल, तीनघरे, पुवाखोला, शान्तिडााडा तथा पााचथरको देउराली गरी जम्मा मेची अञ्चलमा सात वटा चिस्यान केन्ऽबाट दैनिक ४० हजारदेखि ४५ हजार लिटरसम्म दूध विराटनगर आयोजनाले लिादै आएको छ ।

मुख्य दूध उत्पादन हुने सिजनमा मिल्क होलिडे हुन थालेपछि इलामका कृषक मारमा परेका छन् । बर्खायाममा हरियो घाास र पोसिलो आहारा खुवाएसागै दूध वृद्धि भए पनि दूध नै बिक्री नहुादा कृषक मार परिरहेको बरवोटका किसान ख्यामराज आचार्यको भनाइ छ ।

उत्पादित वस्तु बिक्री नहुादा अहिले विराटनगरस्थित डिडिसीको गोदाममा दूध पाउडर, चिजलगायतका वस्तु ९०० मेट्रिक टन तथा घिउ ६०० मेट्रिक टनको हाराहारीमा थन्किएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी