हाम्रो सहकारीको मुनाफा २६ लाख

हाम्रो सहकारीको मुनाफा २६ लाख

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काँकडभिट्टा , २२ भदौ ।

झापाको मेचीनगरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (हाबस)ले गत आव २०७१÷७२ मा रु २६ लाख २३ हजार २१८ मुनाफा गरेको छ ।
संस्थाले अघिल्लो आवको तुलनामा गत आवमा रु पाँच लाख ७७ हजार ९३० अर्थात् २८ दशमलव २ प्रतिशतले बढी मुनाफा आर्जन गर्न संस्था सफल भएको सहकारीका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

आव २०७०÷७१ मा संस्थाको मुनाफा रु २० लाख ४५ हजार २८८ रहेको थियो । संस्थाको गत असार मसान्तसम्ममा ७४१ महिलासहित एक हजार ८३१ जना सेयर सदस्य रहेका छन् जसबाट रु एक करोड ७६ लाख १२ हजार ३०० सेयर पुँजी सङ्कलन भएको छ ।

हाबसले गत आव २०७१÷७२ मा रु पाँच करोड ७७ लाख ४७ हजार २०३ निक्षेप सङ्कलन र रु आठ करोड २८ लाख ३९ हजार ६३५ कर्जा लगानी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी