लगातारको बन्दले तरकारीको मुल्य आकासियो

लगातारको बन्दले तरकारीको मुल्य आकासियो

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

धरान भदौ २२ गते ।
लगातारको बन्दले दैनिक उपभोग्य वस्तु महँगिएसँगै पुर्वी तराईको जनजिवन कष्टकर बन्दै गइरहेको छ ।

पुर्वी पहाडी जिल्लाहरुवाट धरान स्थित कृषि बजारमा भण्डारण गरिएको तरकारी तराइतिर लाग्न सवारीको पहुँच नभए पछि तरकारीहरु कुहिन थालेको थोक व्यापारीले बताएका छन् । त्यस्तै सुनसरीको दक्षिणी भेगमा समेत उत्पादन भएका तरकारी लगातारको बन्दले बजार सम्म पु¥याउन नपाउँदा कृषकहरु मारमा परेका छन् भने बजारमा तरकारीको भाउ आकाशिएको छ ।

बजारमा रहेका तरकारी देशका विभिन्न स्थान र छिमेकी मुलुक भारतका शहरहरुमा निर्यात गर्न नपाउदा प्याकिङ गरि राखिएको कृषि जन्य उत्पादनहरु पठाउन नसकिएका कारण थोक विक्रेतामा राखिएका तरकारी कुहिन थालेका हो । जसका कारण पुर्वी पहाडी जिल्लामा उत्पादन भएका तरकारी निर्यात गर्न नसक्दा व्यवसायीहरुले करोडौ रुपैयाको घाटा व्यहोर्नु परेको छ ।

पुर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभाका कृषि जन्य उत्पादनहरु दिनहुँ धरानको कृषि उपज बजार स्थलमा ल्याईने गरिन्छ । पहाडी क्षेत्रबाट दैनिक धरानमा २ सय टन सम्म तरकारी आउने गर्दछन ।

त्यस मध्ये १ सय ५० टन तरकारी भारतका विभिन्न शहरहरुमा निर्यात हुने गरेको छ । अहिले निरन्तरको बन्दले खपत हुने शहरहरुमा तरकारी निर्यात गर्न नसक्दा हप्तै पिच्छे ४० प्रतिशत सम्म तरकारी नष्ट हुने गरेको व्यापारीहरुको भनाई छ ।

रातको समयमा कहिले काही प्रहरीले स्कटिङ गरि निर्यात गर्दा केही राहत मिले पनि भारी मात्रामा व्यापारीहरुले घाटा व्यहोर्नु परेको व्यवसायीको भनाई छ । विगत ३ हप्ता देखिको मधेस बन्द र लिम्बुवानको बन्दले यातायात ठप्प हुँदा कृषि जन्य उत्पादन निकासी गर्न सकिएको छैन । धरान स्थित बजार स्थलबाट ८० प्रतिशत तरकारी भारत निर्यात गरिन्छ ।

२० प्रतिशत स्थानिय बजारमा खपत हुने गरेको छ । निर्यात गर्न नसक्दा दैनिक न्यनुतम ५० हजार रुपैया सम्म घाटा हुने गरेको व्यवसायी बताउँछन् ।

बन्दकर्ताहरुले कृषिजन्य उत्पादनको ओसारपसारका लागि यातायातलाई खुल्ला गरिदिएको जनाएको छ । तरकारी, दुग्ध पदार्थका गाडिलाई नरोक्ने भनिएको छ । तर बजार नै बन्द भए पछि उनीहरुले व्यापार कहाँ गर्ने ? बन्दले दैनिक उपभोग्य
वस्तुहरुको अभाव त गराउँदै छ त्यसैमा कृषि उत्पादनहरुको बजार ठप्प हुँदा कृषकहरुले ठुलो घाटा व्यहोर्नु परेको छ ।

कृषिमा निर्भर रहेको अधिकांश ग्रामिण क्षेत्रको आयस्रोतनै ठप्प हुँदा कृषि पेशा प्रती युवाहरु उत्साहित हुन सकेका देखिँदैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी