बर्दियामा युरिया मलको चरम अभाव

बर्दियामा युरिया मलको चरम अभाव

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २१ भदौ ।

बर्दियामा युरिया मलको चरम अभाव भएको छ । थरुहट राज्यको माग गर्दै २८ दिनसम्म गरिएको बन्दले यातायातका साधन चल्न नसक्दा बजारमा युरिया मलको चरम अभाव हो ।

मलको अभावसँगै कालोबजारी समेत बढेपछि किसानहरु निकै तनावमा छन ।

५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने बर्दियामा समयमा पानी नपर्दा जेनतेन रोपेको धानमा पनि समयमै मल हाल्न नपाउँदा कृषक अर्को मारमा परेका हुन् ।

बर्दियामा धानबालीको लागिमात्र २ हजार मेट्रिक टन युरिया, १२ सय मेट्रिक टन डिएपी, १ सय मेट्रिक टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनीले जनाएको छ ।

अझै ५ सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भएपनि बन्दले मल भैरहवामा थन्किएको छ । सरकारले स्कर्टिङको व्यवस्था गरिदिए मल ल्याउने व्यापारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी