काठमाडौँ, १८ भदौ ।
माउ पुतलीबाट कञ्चनपुरका अधिकांश धानबालीमा रोगको प्रकोप देखिएको छ । धानबालीमा गबारो र पात बेरुवा रोग लागेपछि कञ्चनपुरका किसान चिन्तित बनेका छन् ।
किरा लागेका कारण खेतमा धानका पात सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
भिमदत्तनगर नगरपालिकाका उल्टाखाम, बागफाँटा, सुडा खैरभट्टीलगायत जिल्लाका दक्षिणी क्षेत्रमासमेत गरी करिब ८० प्रतिशत धानबालीमा गवारो र पात बेरुवा रोग फैलिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
रोग देखिएको १० प्रतिशत धानबाली कामै नलाग्ने गरी नष्ट भइसकेको छ ।
जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले धानमा लागेको रोग निदान गर्न किसानले घरेलु उपायसमेत नअपनाएका कारण बढी क्षति भएको बताए ।
कञ्चनपुरमा यस वर्ष ४५ हजार हेक्टर जमिनमा धानबाली लगाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline