ईलाममा एक करोडको अलैँची बिरुवा बिक्री

ईलाममा एक करोडको अलैँची बिरुवा बिक्री

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

इलाम, १७ भदौ ।

ईलाममाबाट एक वर्षमा रु एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ ।

जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् ।

अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार भन्दा बढी बिरुवा खरिद गरेको छ । केन्द्रले यस वर्ष रु २७ लाख ७५ हजारको बिरुवा बिक्री गरेको अधिकारीले बताउनुभयो ।

केन्द्रले किसान र कृषि कार्यालयलाई प्रतिगोटा रु पाँचका दरले बिरुवा बिक्री गरेको हो । यसका साथै किसानले निजीस्तरबाट समेत रु ७० लाखभन्दा बढीका बिरुवा बिक्री गरेका छन् ।

जिर्मलेका याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजार, शमसेर राईले पाँच लाख ३० हजार, भोलानाथ वाइवाले डेढ लाख तथा मङ्गलबारेका नरेन्द्र सुवेदी र वेदप्रसाद राईले एक÷एक लाख अलैँची बिरुवा उत्पादन गरी बिक्री वितरण गर्नुभएको हो ।

किसानले निजीस्तरमा उत्पादन गरेका बिरुवा सरकारी दररेटभन्दा केही महँगो मूल्यमा बिक्री भएको छ । किसानले प्रतिगोटा रु छदेखि रु आठसम्ममा बिरुवा बिक्री गरेका हुन् ।

बिरुवाको माग धान्नै नसक्ने गरी आएको थियो तर सीमित मात्र बिरुवा भएकाले मागअनुसार बिक्री गर्न नसकिएको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यस केन्द्रले मुलुकमै अलैँचीखेती विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

यस वर्ष धेरै माग आएकाले १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा चिवेसाइ, गोलसाई, रामसाइ, डम्बरसाइ र जिर्मले जातका बिरुवा उत्पादन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी