३ सय थान बोइलर कुखुराको चल्ला प्रहरीद्धारा बरामद

३ सय थान बोइलर कुखुराको चल्ला प्रहरीद्धारा बरामद

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं, १४ भदौ ।

भारतबाट अवैध रुपमा नेपाल भित्राएको अन्दाजी नौ हजार मुल्य वरावरको ३ सय थान बोइलर कुखुराको चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले आइतवार झापाको भद्रपुर १ स्थित महेशपुर क्षेत्रबाट बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाइएको छ ।

दूई वटा कार्टुन भित्र रहेको ३ सय थान कुखुराको चल्लाहरुलाई अस्थानी पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुर परिसरमा कार्यालयकै रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
नेपाल सरकारले भारतबाट आउने पशुपन्छि नेपाल भित्राउनमा प्रतिबन्ध लगाएपनि लाइनमेनहरुले खुल्ला सिमा क्षेत्रको फाइदा उठाउदै दैनिक रुपमा बोइलर कुखुरा, चल्ला, हास, बाख्रा नेपाल भित्राइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी