झापामा साढे १३ करोडको पशुको बीमा

झापामा साढे १३ करोडको पशुको बीमा

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

दमक, १३ भदौ ।
गत आवमा झापाका किसानले करिब १३ करोडको पशु बिमा गराएका छन् । तीमध्ये गाईको सख्या अधिक रहेको जिल्लास्थित पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत वर्षमा दुई हजार नौ सय ५५ पशुको बिमा गरिएको थियो । तीमध्ये ६५ मरेका हुन् ।
कुल पशुबिमामध्ये दुई हजार दुई गाईको ५३ लाख एक सय १० तथा ६२ भौसीको  एक लाख ४७ हजार सात सय २० बीमा गरिएको जनाइएको छ ।
त्यस्तै दुई सय ९१ बाख्राको  एक लाख ८६ हजार आठ सय ६८ तथा ६ सय बङ्गुरको  पााच लाख १४ हजार सात सय ६८ बिमा गरिएको थियो ।
पशुधनको बिमा गरेबापत सरकारले अनुदान दिन थालेपछि किसानको जोखिम कम हुने भएकाले पनि जिल्लाका पशु किसान पशुबिमातर्फ आकर्षित भएका छन् ।
आव २०७०/७१ मा किसानले पशुधन मरेपछि बिमा गरिएका पशुको १७ लाखभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार गत आवमा बिमा गरिएका ३७ गाई, तीन भौसी, १७ बाख्रा र आठ बङ्गुर मरेका थिए ।
ती पशु मरे पनि किसानले १७ लाख ३४ हजार चार सय क्षतिपूर्ति पाएका छन् पशु मर्दा किसानलाई आर्थिक रुपमा हुने ठूलो क्षति कम गर्न र पुन: पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले पशुबिमामा ७५ प्रतिशत अनुदान दिने गरेको पशुसेवा कार्यालयका सूचना प्रमुख कुमारसिं खत्रीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी