धनकुटा ,११ भदौ ।
धनकुटाको मुढेवास गाविसमा यो वर्ष मकै उत्पादनमा कमी आएको छ । किसानहरुले लगाएको मकै खेतीमा फल लागेको समयमा अत्यधिक मात्रामा जंगली जनावर वादरले खाएर नष्ट गरेपछि मकै उत्पादनमा कमी आएको किसानहरुको गुनासो छ ।
सो गाविसमा लगाईएको मकै खेतीवाट यो वर्ष तीन भागको दुईभाग मात्र आफुहरुले थन्क्याउन पाएको किसानहरुले वताएका छन् ।
यसैवीच यो सिलजनमा वारीमा लगाईने अन्य हिउदे वालीमा पनि जंगली जनावरले दुख दिने गरेको छ । यो समयमा सो क्षेत्रमा लगाईने वोडी वाली पनि उम्रिन थाल्दै खरायोले राएर दुख दिने गरेको छ ।
मुढेवास गविसको प्राय प्रत्येक वडामा यतिवेला घ्यू, पोथ्रे लगायतको वोडी लगाईने गरेको छ ।
मानिसका लागि पानी, गाईवस्तु पालनका लागि घाँसपातको राम्रै सुविधा भएपनि आफुहरुले लगाएको वालीनालीवाट जंगली जनावरको कारण राम्ररी फाईदा लिन समस्या हुने किसानहरुले वताएछन् ।