भाद्र १० डोल्पा ।
डोल्पा जिल्लाको बिभिन्न तिर्थहरुमा तिर्थ यात्रीहरुको घुइचो बड्दै गएको छ । डोल्पामा श्रावण पुर्णिमाको बिशेष अबसर पारी श्रद्धालु भक्तजनहरु तिर्थ जाने परम्परा पुखौा देखी रही आएकाले तिर्थहहरुमा घुईचो बड्न थालेको हो ।
यस बर्ष पनि श्रावण पुर्णिमाको अवसर पारी डोल्पाली भक्तजनहरु खाली खुट्टा डोल्पाका स्थानिय प्रसिद्ध तिर्थस्थलहरु ब्यास रिसी , सुनदह , मुट्के चुला , सेपानी , दुतकुन्डली , जगदुल्ला , भालुपाटन , तिनमुली , बुरु देब स्थल जुम्ला , मुक्तिनाथ मुस्ताङ्ग लगाएत अन्य देशका प्रसिद्ध तिर्थस्थलहरुमा गई स्नान फर्कने गर्दछन ।
यसरी तिर्थ स्थलमा गई स्नान गरे पछी आफ्नो मन पबित्र हुने र देवताहरुको पुजा पाठ गरी आत्मसुद्धि तथा ईश्वर प्रति भक्ती भाव हुने धार्मिक मान्यता रहदै आएको छ ।

धार्मिक श्रद्धालु भक्तजनहरु आफ्ना गुरु पुरोहित तथा मुल धामी , डााग्रे सहित अन्य भक्तालु सुभेच्छुकहरु द्धारा भजन कृतन गर्दै शंख घण्ट , झ्याली , मादल , मृदुङगा , बजाउदौ फुलमाला पहिरेर खाली खुट्टा तिर्थ गई स्नानगरी फर्केर तिर्थ होम गर्ने गरिन्छ । होम गरी सके पछी चर्तुदसीका दिनमा आ आफ्ना मठ मन्दिरमा भेडा र बोकाहरुको बली दिएर धार्मिक पबित्रता हुने प्रचलन रही आएको छ ।
यसरी आ आफ्नो धर्म संस्कृती परम्परालाई संरक्षण गर्दै डोल्पाली श्रद्धालु भक्तजनहरु आ आफ्नो गाउामा रमाइलो कार्यक्रम गर्दै धार्मिक भक्तीभाव एबं आस्थाले भरिपुर्ण भएर श्रावण पुर्णिमा मनाउने परम्पराकाल देखीनै चली आएको पाईन्छ ।
धर्म , सस्कृति र परम्पराको संरक्षण गरी यसरी मनाईने संस्कृती र धार्मिक संस्कारले मानिसमा नैतिक आचरण सत्य न्याायपुर्ण ब्याहार र आत्मिय एबं समाजिक सद्भावमा अभिबृद्धि हुने बिश्वास समेत गर्दै आएको पाइन्छ ।