जिल्ला कृषि विकास कार्यालयका सात सुचना एकै पटक

जिल्ला कृषि विकास कार्यालयका सात सुचना एकै पटक

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भाद्र १० सल्यान
जिल्ला कृषि विकास कार्यालय सल्यानले कृषकहरुलाई मध्येनजर गरी विभिन्न सुचनाहरु जारि गरेको छ । कार्यालयले भाद्र ८ गते तरकारी खेति, मौरिपालन, सिंचाई कार्यक्रम, युवालक्षित कृषी र सहकारी खेति स्किम सम्बन्धि विभिन्न ७ वटा सुचना जारि गरेको छ ।
कार्यालयले कृषि तथा खाद्य सुरक्षा आयोजना लागु भएका गाविसहरु घााजरी, चाादे, झिम्पे, कालिमाटी काल्चे, सिद्धेश्वरी, त्रिवेणी, काप्रेचौर, शिवरथ, ढाकाडाम र माझकााडामा साना सिचाई निर्माण मर्मत आयोजना संचालन गर्नको लागि इच्छुक सहकारी र समूहलाई सम्पर्कको लागि अनुरोध गरेको छ ।

त्यस्तै जिल्लामा साना सिचाई विशेष कार्यक्रम अन्तरगत साना सिचाई तथा प्लाष्टिक पोखरी निर्माण आयोजना र सहकारी खेतिमा आधारित सिचाई स्किम संचालन गर्न इच्छुकलाई कृषि समूह र सहकारीलाई आवेदन दिन अनुरोध गरेको छ ।
बढदो युवा बेरोजगारलाई मध्यनजर गर्दै यूवालाई व्यवसायीक तरकारी खेती सम्बन्धि कार्यक्रमका लागि १८ देखि ५० बर्ष उमेरका व्यक्तिलाई दरखास्तको लागि सुचना गरिएको छ ।
त्यस्तै वैदेशीक रोजगारबाट फर्केका व्यक्तिका लागि तरकारी, खेती, च्याउ खेती, माहुरी पालन अनि १८ देखि ५० बर्ष उमेरका व्यक्तिका लागि मौरी पालन व्यवसायका लागि दरखास्त माग गरिएको छ भने सहकारी खेति स्किम संचालनका लागि विपन्न एवंम पिछडिएको व्यक्तिहरु आवद्ध संहकारी संस्थालाई सुचना जारि गरिएको छ ।
यस सम्बन्धि विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालय सल्यान, नजिकको सम्बन्धित सेवा केन्द्र तथा कार्यालयको टोल फ्रि नं. १६६०८८५२०००, फोन नं. ०८८५२०१३० र ०८८५२०२०५ तथा रेडियो तहल्काको फोन नं. ०८८५२०३२५ मा फोन गरि बुझ्न सकिनेछ साथै जानकारीका लागि रेडियो तहल्काबाट बुधबार बेलुका ७ बजे प्रशारण हुने कार्यक्रम किसानसंग तहल्का सुन्न अनुरोध छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी