ज्याला कम भएको भन्दै चिया मजदुर पलायन हुने क्रम बढ्दो

ज्याला कम भएको भन्दै चिया मजदुर पलायन हुने क्रम बढ्दो

  • बिहिबार, भदौ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

इलाम, १० भदौ ।

महँगीअनुसार ज्याला नपाएपछि इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदुर धमाधम पलायन हुन थालेका छन् ।

विसं २०५७ मा त्रिवेणी संघाई गुप्रले नेपाल सरकारबाट बगान भाडामा लिदा सातवटा चिया बगानमा दुई हजार ३४० जना स्थायी मजदुर थिए ।
तर हाल आएर ज्यालाकै कारण मजदुरको सख्या घटेर ८७५ पुगेको छ ।

निगमको विर्तामोडस्थित कार्यालयका प्रशासन प्रमुख लोकनाथ दङ्गालले चियामा काम गर्ने मजदुरले वर्षौंदेखि दैनिक  एक सय ७० मात्र ज्याला पाइरहेका बताउनुभयो ।

चियाबाहेक निर्माण क्षेत्रमा काम गर्ने मजदुरले दैनिक ५०० भन्दा बढी कमाउ“छन् । तर जिल्ला दररेट निर्धारण समितिले कामदारको ज्यालादर आठ प्रतिशतले वृद्धि गरी ६६० बाट ७१० पु¥याए पनि चिया क्षेत्रमा काम गर्ने मजदुरको वर्षौंदेखिको ज्याला नबढेको मजदुरको गुनासो छ ।

दिनभर चिया टिपे पनि त्यसबाट मजदुरको जीवन धान्न गाह्रो परकोले बगानमा काम गर्ने मजदुर पलायन हुने क्रम बढेको हो ।

इलाम र झापाका चिया बगानमा काम गर्ने मजदुरलाई कारखानाले फरक–फरक ज्याला दिइरहेका छन् ।

चिया व्यवस्थापन पक्षले समयसापेक्ष ज्याला नदिदा चिया बगानबाट विस्थापित बन्नु परेको  एक मजदुरले बताएका छन ।

सुरुमा इलाम चिया बगानमा १२० मजदुर कार्यरत रहेका थिए। अहिले २९ जना मात्र स्थायी मजदुर छन कम ज्याला भएको भन्दै धमाधम पलायन हुने क्रम बढ्दो छ बगानकी कर्मचारी इन्दिरा गुरुङले बताउनुभयो ।

उता  मजदुर पलायनले अहिले दैनिक कामकाजमा समस्या पर्न थालेको बगान व्यवस्थापन पक्षले जनाएको छ ।

नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया बगानमा आधाभन्दा धेरै मजदुरले ज्यालाको कारण देखाउँदै काम छाडेको बगानको विर्तामोडस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार इलामको चिसापानीस्थित सोक्तिममा १८५, दानाबारीस्थित चिलिमकोटमा  १९०, कन्याममा १९६ र इलाममा  १७० मात्र ज्याला छ ।

यस्तै झापाका टोकला, बाह्रदशी र बर्नेमा  २०१ ज्याला दिने गरिएको छ । कम ज्याला भएपछि कन्याम चिया कारखानामा ४७३ स्थायी मजदुर कार्यरत रहे तापनि अहिले १३४ जना मात्र कार्यरत छन् ।

आफूहरुले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरको भनाइ छ ।

बगान सञ्चालक पक्षले भने बर्से्नि कारखाना घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन सकिने बताउँदै ज्यालामा धेरै वृद्धि गर्न नसकिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी