कैलाली, भदौ ९ ।
टिकापुरको कैलालीमा एसएसपी लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरीको हत्यामा संलग्न शंकास्पद १० जना पक्राउ परेका छन ।
जोशीपुर–४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्क बहादुर चौधरी, मधेसी जनअधिकार फोरमका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै मनुवा–१ का २० वर्षीय राम कुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिल बहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ वर्षीय हरि नारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका छन ।
उनीहरुमाथि आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत सोमबार आन्दोलकारीलाई सम्झाउन खोज्दा आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी एसएसपी न्यौपाने सहित ७ जना प्रहरीको हत्या गरेका थिए ।