ताप्लेजुङ, ९ भदौ ।
ताप्लेजुङको दुर्गम गाविस लेलेपमा विषालु सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ ।
स्थानीय रुपमा पाइने सेत्वा जातको सर्पले टोक्दा लेलेप–६ का ३२ वर्षीय भोजकुमार राईको मृत्युभएको हो ।
गत भदौ ४ गते मकैबारीमा गएका राईलाई सर्पले टोकेको र समयमै उपचार हुन नसक्दा मृत्युभएको हो ।
सर्पले टोकेपछि स्थानीय स्वास्थ्य चौकीले गाउँमा नै उपचार सम्भव हुने भनेपछि समयमै अन्यत्र नलगिएको तर पाँच दिनपछि सदरमुकामतर्फ उपचारका लागि ल्याउने तयारी हुँदाहँदै मृत्यु भएको मृतककी बहिनी भूमिका राईले बताइन् ।
लेलेप गाविस सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पदर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline