काठमाडौ ९ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिने चलखेल भइरहेको भन्दै सजक हुन आग्रह गर्नुभएको छ ।
संविधान सभाको जारी बैठकमा बोल्दै उहाँले संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला भइरहेको चलखेलप्रति सजग हुन आग्रह गर्नुभएको हो ।
फरक मत भिन्नता देखिनु स्वभाविक भएपनि संविधान बिथोल्न खोज्नेहरुले टिकापुर घटना घटाएको उहाको आरोप छ ।
टिकापुर घटना अमानवीय भएको भन्दै यस्ता गतिविधि हुन नदिन सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
छलफल र संशोधनबाट पनि नागरिकका विचार संविधानमा समेट्न सकिने भन्दै अध्यक्ष ओलीले सबै नेपाली एक हुनुपर्नेमा जाबताउनु भयो ।
नेपालका परिवर्तनलाई संविधानको मस्यौदाले आत्मसात गरेकाले पनि उत्पीडन, असमानता, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाभिमानको पक्षमा मस्यौदा उभिएको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline