असन्तुष्ट पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

असन्तुष्ट पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ९ भदौ  । प्रधानमन्त्री सुशील कोइरालाले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन आहृवान गर्नु भएको छ ।

संविधान सभाको जारी बैठकको सुरुमा बोल्नु हुदै उहाँले प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नु भएको हो ।

उहाले कुनै पनि पक्षको आन्दोलनका कारण संविधान निर्माण प्रक्रिया भने नरोकिने बताउनुभयो ।

संविधानको विधेयक परिर्माजन गर्ने समय रहेको भन्दै उहाले असन्तुष्ट दललाई वार्तामा आएर आफ्ना कुरा राख्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका कुरा जस्ताको त्यस्तै समेटिन नसकिएपनि बेला बेलामा परिमार्जन गरेर जान सकिने बताउनुभयो ।

सिमांकनमा असन्तुष्टी जनाउदै भएको प्रदर्शनका क्रममा केही स्थानमा नसोचेको दुखद घटना भएको भन्दै उहाले मुलुकमा अमनचयन कायम गराउन सबैमा अपिल समेत गर्नु भएको छ ।

वार्ता र छलफल मार्फत नै असन्तुष्टिलाई सम्बोधन गर्न सकिने भएकाले आफु आन्दोलनरत पक्षसँग छलफल गर्न तयार रहेको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ