काठमाडौ ९ भदौ ।
सर्बोच्च अदालतले सरोगेसी सेवा(भाडाको कोखमा बच्चा जन्माउने काम) तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ ।
गम्भिर मानवीय, कानुनी एवम् सामाजिक परिणम भएको विषयलाई तदर्थवादी हिसाबले प्रचलनमा ल्याउन वान्छनीय नहुने भन्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले हिजो सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
‘सरोगेसीबाट जन्मिएका बच्चाको कानुनी रुपमा आमा, बाबुको दायित्व के हुने, आमाको कोख व्यापारिक प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न निरुपण अन्तिम आदेश नभएसम्म सो सेवा सन्चालन नगर्न/नगराउन र सन्चालन गर्ने अनुमति नदिन’ अन्तरिम आदेशमा भनिएको छ ।
सर्बोच्चले सरोगेसी सेवा सन्चालनमा रोक लगाउने अन्तरिम आदेश कार्यान्वयनको नियमित अनुगमन गरी प्रत्येक महिना प्रतिवेदन पेस गर्न स्वास्थ्य तथा जनसंख्य मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।