कैलालीका जनता र नेताहरुलाई संयमित भएर सदभाव कायम गर्न काग्रेस नेता देउवाको अपिल

कैलालीका जनता र नेताहरुलाई संयमित भएर सदभाव कायम गर्न काग्रेस नेता देउवाको अपिल

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ,८ भदौ ।

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कैलालीका जनता र नेताहरुलाई संयमित भएर सदभाव कायम गर्न अपील गर्नुभएको छ ।

बुढानिलकण्ठस्थित आफ्नो निवासमा आज पत्रकार सम्मेल गरी उहाले वर्षौदेखि मिलेर बसेका पहाडी र थारु समूदायबिच सदभाव बिथोल्न सुनयोजित षडयन्त्र भइरहेकोप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

नेता देउवाले निर्दोष बालक सहित सुरक्षाकर्मीको हत्या भएको घट्नाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गर्नुभएको छ ।

टिकापुरको घटनापछि आफूविरुद्ध प्रचार गरिएकोमा त्यसको खण्डन गर्दै उहाले भन्नुभयो ’देउवाले १ इन्च पनि छोड्न चाहदैन भन्ने प्रचारवाजी गलत हो ।’ तर, जिल्ला टुक्रयाउने मान्यताको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो । उहाले थारुलाई अधिकार दिने, राज्यको पहुँचमा ल्याउने, सेनामा भर्ति गर्ने विषयमा अझै आफू लडिरहेको दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ